काठमाडौं । भारतका लागि नवनियुक्त राजदूत दीपकुमार उपाध्याय कार्यभार सम्हाल्न शनिबार नयाँ दिल्ली प्रस्थान गरेका छन् । बिहान ११ बजेको नेपाल वायु सेवा निगमको विमानबाट नयाँ दिल्ली प्रस्थान गरेका राजदूत उपाध्यायले सोमबारपछि ओहदाको प्रमाणपत्र भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई बुझाउने कार्यक्रम तय भएको छ ।
यसअघि सुशील कोइराला नेतृत्वको सरकारले राजदूत नियुक्त गरेका उपाध्यायलाई कार्यकाल बाँकी छँदै १३ महिनामा केपी ओली नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो । ओली सरकारले फिर्ता बोलाए पनि कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा सरकार बनेलगत्तै उपाध्यायका लागि सिफारिस गरेको थियो ।
सरकारले भारतका लागि राजदूतमा सिफारिस गरेपछि संसदीय सुनुवाइ भएर केही समय अगाडिमात्र राष्ट्रपति विद्या भण्डारीले उपाध्यायलाई दोस्रो पटकको कार्यकाल सम्हाल्नका लागि भारतका लागि राजदूत नियुक्त गरेकी हुन् ।
]]>
प्रतिक्रिया