देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिंगापुरबाट एक करोड अमेरिकी डलर नेपाल ल्याइदै

देशान्तर

काठमाडौं । बजारमा देखिएको नगद डलर अभाव कम गर्न नेपाल राष्ट्र बैंकले सोमबार सिंगापुरबाट १ करोड अमेरिकी डलर ल्याउने भएको छ । सिल्क एयरबाट मंगलबार दिउँसो १२ बजे अमेरिकी डलर नेपाल भित्रिने राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।  राष्ट्र बैंकले सिंगापुरस्थित सीआइएम बैंकमा आफ्नै खातामा रहेको अमेरिकी डलर ल्याउन लागेको हो ।

सिंगापुरको सीआइएम बैंकसँग गत असोज ६ गते कात्तिक ३० गतेसम्म १ करोड डलर नेपाल भित्र्याउने सम्झौता भएको थियो । ‘कात्तिक भरमा डलर ल्याइसक्ने गरी सम्झौता भएको थियो,’ पण्डितले भने, ‘सोही सम्झौता अनुुसार मंगलबार अमेरिकी डलर नेपाल भित्रिँदै छ ।

एक करोड एक करोड डलर भित्रिइसकेपछि राष्ट्र बैंकसँग रहेको डलर मौज्दातले करिब ८÷९ महिनाका लागि पुग्ने पण्डितले बताए । हाल राष्ट्र बैंकसँग १० अर्ब ३५ करोडको हाराहारीमा डलरको मौज्दात छ । डलर ल्याउँदा २३ हजार डलर अर्थात २३ लाख नेपाली रुपैयाँ खर्च राष्ट्र बैकले नै व्यहोरर्ने छ ।

रेमिट्यान्स र पर्यटकहरु नबढ्दा देशमा नगद डलरको हाहाकार नै भएको थियो । तर, कार्डमार्फत भने सर्वसाधारणलाई तोकिएको सीमाभित्र रहेर बैंकले डलर उपलब्ध गराउँदै आएको छ । ‘पर्यटकीय सिजन पनि सुरु भइसकेकाले अब पर्यटक आगमन पनि बढ्छ पण्डित भन्छन्– ‘डलर ल्याउने सम्झौता भइसकेको छ, अब डलरको अभाव हुँदैन ।’

]]>