देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रहरी र डाँका समूहबीच भिडन्त , एक जनाको मृत्यु

देशान्तर

रौतह । रौतहटको लालबकैया खोलाको बाँधमा प्रहरी र अज्ञात समूहबीच गोली हानाहान भएको छ। मध्यमाञ्चल क्षेत्रीय कार्यालयबाट खटिएका प्रहरीमाथि आज बिहान अज्ञात समूहले गोली चलाएको थियो। लगत्तै प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो।  प्रहरीको जवाफी फारिङमा परी घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छन्। उनको पहिचान खुल्न सकेको छैन। यता एक जना प्रहरी जवान सुरेन्द्र चौधरी पनि घाइते भएका छन्।

उनको खुट्टामा गोलीको छर्रा लागेको बताइएको छ। उनको उपचार जिल्ला अस्पताल गौरमा भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए।  अज्ञात समूहले छाडेर भागेको हतियार र केही दस्तावेज वरामद भएको पासवानले जानकारी दिए। जसमा एउटा इन्सास राइफल, इटालियन पेस्तोल र एक थान कटुवा पेस्तोल रहको उनले बताए। 

मृतक ब्यक्तिको पहिचान खुल्न नसकेकाले अनुसन्धानमा कठीनाई भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीका अनुसार सबै नाकाहरुलाई प्रहरी अलर्ट गरिएको छ।

 

]]>