देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मलेसियामा नेपाली मजदुर र दुतावासबीच अन्तरक्रिया

देशान्तर

क्वालालम्पुर । मलेसियास्थित नेपाली दुतावासले मलेसियमा रहेका नेपाली कामदार, व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि, नेपालका राजनीतिक दल आवद्ध प्रवासी संगठनका प्रतिनिधि लगायतसग अन्तक्र्रिया गरेको छ ।

गत आइतबार सम्पन्न अन्तक्र्रियामा मलेसियाका लागि नेपाली राजदूत डा. निरञ्जनमान सिंह बस्न्यातले मलेसियास्थित नेपाली राजदुतावासले दिंदै आएको सेवा सुबिधा, राजदुतावासले मजदुरको हितको लागी सञ्चालनमा ल्याएका बिभिन्न कार्यक्रमहरु, राजदुतावासले मलेसिया सरकारसंग चालेका कुटनितीक पहलहरुका बारेमा प्रकाश पारे । 

कार्यक्रमका सहभागीहरुले बस्न्याससग प्रत्यक्ष आफ्ना गुनासा, समस्या तथा कम्पनीहरुबाट आईपर्ने समस्या राखेका थिए । नेपाली कामदारले राखेका समस्याहरुबारे बोल्दै राजदुत बस्नेतले मलेसियामा कोही पनि नेपालीले दुख सास्ती नपाओस, समस्यामा नपरोस भन्नका खातीर कामदारसम्म पहुच पुर्याउने काम भैरहेको बताए ।

कामदारसम्म दुतावासको पहुच पुर्याउन चौबिस घण्टे हटलाईन सेवा, टेलिफोन फेसबुक पेज, मुद्धा मामिला हेर्नको लागी स्थानीय वकिलको ब्यबस्था गरिएको जानकारी दिए । यस्तै राजदुतावासको आधिकारीक वेबसाईटबाट पनि राजदुतावासका बिभिन्न जानकारी लिन सकिने जानकाइ दिइयो । 

मलेसियामा रहेका नेपाली कामदारको पक्षमा राजदुतावास सदैब लागीपरेको र आगामी दिनमा पनि यसैगरि लागी रहने उहांले स्पष्ट पारे । 

अबैधानिक नेपाली कामदारलाई घर पठाउने नाममा चर्काे रकम असुली भैरहेकोप्रति कार्यक्रका सहभागीले ध्यानाकर्षण गराएका थिए । यसबारेमा बोल्दै राजदुत बस्न्यातले अबैधानिक भई बसेका र घर जान चाहनेहरुमाथि भैरहेको ठगीबारे आफूहरुमा परेको उजुरी मुताबिक कारबाही भैरहेको जानकारी दिए ।

‘कोही कसैले ठगी गरेको भए राजदुतावासले सञ्चालनमा ल्याएका बिभिन्न सेवाको सदुपयोग गर्दै राजदुतावासमा उजुरी गर्नुस’, राजदूतले आग्रह गरे । 

सो अन्तरक्रिया कार्यक्रममा परदेशी धमाका कार्यक्रम आयोजक परदेशी रेष्टुरेन्ट प्रोपाईटर दिल कुमार केरुङ , शेर्पा केदुकका तेन्जिङ शेर्पाले मलेसियाका जेलमा परी घर फिर्ति केन्द्रमा बसेको श्रमिकहरुलाई घर फर्काउन सहयोग स्वरुप पा“च हजार रिंगीटको चेक राजदूत बस्न्यातलाई हस्तान्तरण गरे । 

 

]]>