देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारलाई दिएको अल्टिमेटमले मधेसी मोर्चामा नयाँ विवाद

देशान्तर

काठमाडौं । संविधान संशोधन सुरु गर्न सरकारलाई १५ दिने अल्टिमेटम दिएको विषयमा मधेसी मोर्चामा विवाद उत्पन्न भएको छ । मोर्चासहितको संघीय गठबन्धले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्मरणपत्र बुझाउँदै १५ दिनभित्र संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराउन ‘अल्टिमेटम’ दिएको थियो ।

मोर्चाआवद्ध घटकका केही नेताले संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूखुसी स्मरणपत्रमा १५ दिनको समयसीमा राखेको भन्दै असन्तुष्टि जनाएका छन् । स्मरणपत्रमा १५ दिनको समयसीमा राख्नु आवश्यक नभएको भन्दै असन्तुष्ट नेताले बताएका छन् ।

तमलोपा अध्यक्ष महन्थ ठाकुरले सरकारलाई बुझाएको स्मरणपत्रमा आफूलाई थाह नदिई १५ दिनको अल्टिमेटम राखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले यसबारे संघीय समाजवादी फोरम अध्यक्ष यादवले जवाफ दिनुपर्ने बताए । नागरिक दैनिकमा समाचार छ ।

]]>