देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

परराष्ट्रका कर्मचारीबाटै छात्रवृत्ति कोटा गायब

देशान्तर

काठमाडौं । नेपाललाई विभिन्न मुलुकले पठाउने शैक्षिक छात्रवृत्ति कोटा बीचमै हराउने गरेको छ । चिकित्सा, इन्जिनियरिङलगायत विभिन्न विषयमा आउने छात्रवृत्ति कोटा बीचमै हराउँदा सरकारले मनोनयन गरेका विद्यार्थी मर्कामा पर्ने गरेका छन्। केही समयअघि इजिप्ट सरकारले नेपाललाई एमबिबिएस अध्ययनका लागि पाँचजनाको छात्रवृत्ति उपलब्ध गराएको थियो । त्यसका लागि शिक्षा मन्त्रालयले विद्यार्थीको नाम मनोनयन गरी पठायो पनि । तर, तीमध्ये दुई विद्यार्थी अहिले अलपत्र परेका छन् ।

अध्ययनका लागि लाखौँ खर्च लाग्ने एमबिबिएस, इन्जिनियरिङ विषयको छात्रवृत्तिमा यस्तै समस्या हुने गरेको छ । शिक्षा मन्त्रालयका अधिकारीका अनुसार छात्रवृत्ति प्राप्त गरे पनि आफूहरूको सीधा सम्पर्क नहुने र त्यसको सबै काम परराष्ट्र मन्त्रालयमार्फत हुने भएकाले समस्या हुने गरेको छ । ‘नेपाललाई दिएको छात्रवृत्तिमा शिक्षा मन्त्रालयले छनोट गरेर पठाउने र दूतावासका अधिकारीले त्यसमा आफ्ना मान्छेसमेत हाल्ने गरेको पाइन्छ,’ मन्त्रालय स्रोतले भन्यो । सरकारलाई आएका छात्रवृत्तिमा प्रत्येक वर्ष कुनै न कुनै देशमा यस्तै समस्या हुने गरेको छ । इजिप्ट, श्रीलंकालगायतका देशमा यसअघि पनि यस्ता समस्या आएका थिए ।

शिक्षा मन्त्रालयले इजिप्टमा एमबिबिएस अध्ययनका लागि रमेशकुमार जोशी, विपिनकुमार पौडेल, रामवरण राउत, शिवानी सत्यम र इन्दिलाकुमारी यादवलाई छनोट गरी पठाएको थियो । तीमध्ये राउत र यादवले इजिप्टमा भर्ना पाएका छैनन्।

इजिप्टस्थित नेपाली दूतावासमा बुझ्दा राउतलाई बिडिएस पढ्न दिने र यादवलाई ‘रिजेक्ट’ नै गरेको विद्यार्थीको गुनासो छ । स्रोतका अनुसार विदेशस्थित नेपाली दूतावासका कारण कतिपय छात्रवृत्ति हराउने गरेका छन् । छात्रवृत्तिका लागि छनोटमा परेर पनि इजिप्ट जान नपाएका यादव नेपालस्थित इजिप्टको दूतावास पुगे । तर, दूतावासले उनको छात्रवृत्तिबारे आफूलाई थाहा नभएको जानकारी दिएको यादवले बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ । 

]]>