देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान संशोधन प्रस्ताव केही ढिला हुने

देशान्तर

<span style=”font-size:16px;”>काठमाडौं । प्रमुख दलबीचको गृहकार्य अपुग र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले थप १५ दिनको समय दिएपछि व्यवस्थापिका–संसद्मा यही कात्तिक मसान्तभित्र पेस हुने भनिएको संविधान संशोधनको प्रस्ताव केही दिन ढिला हुने भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालले यही कात्तिक २६ गते सरकारको एक सय दिन पुगेको अवसरमा गर्नुभएको सम्बोधनमा संविधानको सर्वस्वीकार्यताका लागि कात्तिक मसान्तभित्र प्रस्ताव दर्ता हुने बताएका थिए । संशोधनको माग गरिरहेको मोर्चाले सोमबार ज्ञापनपत्र बुझाउँदै १५ दिनभित्रमा पेस नभए आन्दोलनको चेतावनी दिएपछि समय सरेको हो । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपाली काँग्रेसका सभापित शेरबहादुर देउवाले पनि केही दिन छलफलका लागि समय मागेको र मोर्चाले १५ दिन भनेका कारण तत्काल संशोधन विधेयक पेस नहुने बताए । 

प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि संशोधनबारे छलफल गर्दै आएका छन् तर एमाले त्यसको आवश्यकता र औचित्य माग गरेको छ ।

]]>