देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईएमईलाई उत्कृष्ट करदाता सम्मान

देशान्तर

काठमाडौं । रेमिटेन्स सेवाको पर्याय मानिदै आएको नेपालको नं. १ रेमिटेन्स कम्पनी आईएमईले उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको छ । आन्तरिक राजश्व विभागले प्रज्ञा भवन कमलादीमा आज आयोजना गरेको पाँचौं कर दिवसको अवसरमा आईएमईले उक्त सम्मान पाएको हो ।

रेमिटेन्स कम्पनीहरु मध्ये गएको आर्थिक वर्ष २०७१/७२ मा सबैभन्दा बढी कर तिरे वापत नेपाल सरकारका अर्थमन्त्री कृष्णबहादुर महराले आईएमई लिमिटेडका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गरेका हुन् । आईएमईले यो सम्मान विगत तीन वर्षदेखि निरन्तर पाउदै आएको छ ।

आफ्नो स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यो कम्पनीले सेवा शुभारम्भको १६ औ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका ५२०० भन्दा बढी शाखा÷सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

 

]]>