देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस बरिष्ठ नेता पौडेल तराईयात्रामा

देशान्तर

काठमाडौं । संविधानमा तराई मधेशमा देखिएको असंतुष्टी सम्बोधन गर्नका लागि संविधान संसोधनको अन्तिम तयारी भइरहेका बेलामा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल एकसाता लामो तराई यात्रामा निस्केका छन् ।  बरिष्ठ नेता पौडेलले मंसिर २ गते बिरगंजबाट तराई यात्रा सुरु गरि बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको भ्रमण सकेर मंसिर ७ गते राजधानी फर्कने कार्यक्रम तय भएको पौडेलका सहयोगी चिरिन्जीवी अधिकारीले जानकारी दिए । 

नेपाल तरुण दलको सर्वसम्मत  नयाँ नेतृत्व चयन गरेर पोखराबाट फर्केको भोलीपल्ट विहिवार बरिष्ठ नेता तराई यात्रामा निस्केका हुन् । पौडेलले संविधान संसोधन के कस्ता बिषय समेटन आवश्यक छ भनेर  तराईका बुद्धिजीवीहरुसंग समेत छलफल गर्ने बताइएको छ । पौडेलले कार्तिक दुई गते काठमाडौमा रहेका मधेशका बुद्धिजीवीहरुसंग छलफल गरेका थिए । ‘संविधान संसोधनका बारेमा तराई मधेशका जनतासंग साक्षात्कार गर्ने उद्देश्यले दुई नम्बर प्रदेशका सवै जिल्लामा जान लाग्नुभएको हो’  पौडेलका सहयोगी चिरिन्जीवी अधिकारीले भने । 

बरिष्ठ नेता पौडेल मंसिर २ गते विहिवार नेपाली कांग्रेस पर्साले आयोजना  गरेको कार्यक्रममा सहभागि हुने कार्यक्रम रहेको छ । पर्सामा पौडेलले नेपाली कांग्रेसका  नेता कार्यकर्तासंग छलफल गर्नुका साथै संविधान संसोधनमा समेट्नुपर्ने बिषयमा समेत छलफल गर्ने बताइएको छ  । त्यसै गरि उनले मंसिर ३  गते बारामा नेपाली कांग्रेसका कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 

त्यसैगरि मंसिर ४ मा रौतहटमा आमसभालाई सम्बोधन  गर्ने कार्यक्रम रहेको भने मंसिर ५ गते सर्लाहीमा पनि आमसभालाई सम्बोधन गर्नुका साथै सो नेपाली कांग्रेसका कार्यकर्ता तथा बुद्धिजीवीहरुसंग छलफल गर्ने कार्यक्रम रहेको छ । त्यस्तै ६ गते पौडेलको महोत्तरीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने छ भने ७ गते धनुषामा नेपाली कांग्रेसले आयोजना  गरेको कार्यकर्ता भेटघाट सकेर राजधानी फर्कने कार्यक्रम रहेको अधिकारीले बताए ।  

 

]]>