देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान संसोधनका बिषयमा तीन शीर्ष नेताबीच छलफल

देशान्तर

काठमाडौं । संविधान संसोधनका बारेमा मुख्य तीन दलका नेताहरुका बीचमा छलफल भएको छ । नेपाली कांग्रेस एमाले र माओवादी केन्द्रका अध्यक्षका बीचमा  संविधान संशोधनबारे भएको छलफल सकारात्मक भएको बताइएको छ । छलफलमा प्रधानमन्त्री दाहालले संविधान संशोधनबारे सरकारले गरेको तयारीबारे जानकारी गराएका छन् ।

सीमांकन, नागरिकता र राष्ट्रिय सभा गठन लगायतका विषयलाई समेटेर संशोधन प्रस्ताव तयार पारेको उनले बताए । बैठकमा प्रमुख विपक्षी दल एमाले अध्यक्ष ओली संविधान संशोधनप्रति सकारात्मक देखिएको माओवादी नेता वर्षमान पुनले जानकारी दिए ।

पुनका अनुसार ओलीले संविधान कार्यान्वयन र चुनावलाई प्राथमिकतामा राखेर संविधान संशोधन प्रस्ताव ल्याउनुस्, छलफल गरौंला भनेका छन्   प्रधानमन्त्री निवास वालुवाटारमा भएको कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहालका बीचमा संयुक्त छलफल भएको हो । 

]]>