देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रसुवागढी नाका सञ्चालनमा ढिलाइ

देशान्तर

काठमाडौं । नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढी सञ्चालनमा ढिलाई  भएको छ । आइतबारदेखि चार दिनका लागि केरुङ प्रवेशमा रोक लागइएको भए पनि अझै गाडी सञ्चालन नहुँदा व्यवसायी समस्यामा परेका छन् ।

गत वर्षको वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको सडकको स्तरोन्नति तथा मर्मत गर्न तथा हटाउनुपर्ने ढुंगालाई बिस्फोट गराउन चिनियाँ पक्षले आइतबारदेखि यातायात बन्दगरी काम गर्न थालेको छ ।

त्यो काम सकन अझै केही दिन लाग्ने संकेत दिएको  रसुवागढी भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत केदार पनेरुले जानकारी दिए । कारोबार दैनिकमा समाचार छ ।

]]>