देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसपीको सरुवा यसै साता

देशान्तर

काठमाडौं । लामो समयदेखिको चर्चापछि प्रहरी प्रधान कार्यालयले एसपी सरुवाको तयारी पूरा गरेको छ । सम्भवत: आज नभए भोलिसम्ममा पहिलो चरणअन्तर्गत विभिन्न १६ जिल्लाका एसपीहरूको सरुवा गर्ने निश्चित भएको स्रोतले बतायो ।  स्रोतका अनुसार कार्यअवधि पूरा भएकाहरूको पहिलो चरणमा सरुवा गर्न लागिएको हो ।

सरुवा भएर गएको एक वर्ष पूरा नभएको कसैको पनि सरुवा नहुने स्रोतको दाबी छ । यस अनुरूप झापा र मोरङका एसपीहरूको सरुवा नहुने निश्चित भएको छ ।

मोरङमा सन्दीप भण्डारी र झापामा शैलेश थापा एसपी छन् । काठमाडौं, भक्तपुर, काभ्रे, रूपन्देहीलगायतका जिल्लाहरूमा भने नयाँ एसपी जाने निश्चित भएको स्रोतले बतायो ।  

 

]]>