देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सर्वोच्च अदालतलाई धर्मसंकट

देशान्तर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको योग्यता परीक्षण गरिरहेको सर्वोच्च अदालतलाई काम बढेको मात्रै होइन धर्मसंकटसमेत पैदा भएको छ । कार्कीलाई एकपटक योग्य ठहर गरिसकेको सर्वोच्चले प्रधानन्यायाधीश सुशीला कार्की आएपछि फेरि एकपटक उनको योग्यता परीक्षण गर्ने निक्र्योल गर्‍यो । लोकमानले त्यसैलाई चुनौती दिन अनेक प्रयत्न गरे । अन्तत: उनी आफंै अदालतमा उपस्थित भएका छन् । 

अब सर्वोच्चले लोकमानको योग्यतामात्रै होइन अख्तियारका अन्य चार आयुक्तहरूको पनि योग्यता परीक्षण गर्नुपर्ने बाध्यता आइपरेको छ । उनीहरूको योग्यता संविधानले तोकेअनुरूपको नरहेको भन्दै सर्वोच्चमा रिट दायर भएको छ । अधिवक्ता दक्षबहादुर क्षेत्रीले आयोगका आयुक्त दीप बस्न्यात, नवीनकुमार घिमिरे, गणेशराज जोशी र सावित्री थापा गुरुङको नियुक्ति कानुनसम्मत नभएको भन्दै निवेदन दायर गरेका हुन् । रिट निवेदनमा संविधानले तोकेको कानुन, राजस्व, लेखा संकायमा २० वर्षको योग्यता हुनुपर्ने उल्लेख भएको तर आयोगका चार आयुक्तमा सो योग्यता नभएको जिकिर गरिएको छ । अब लोकमान आयोग्य ठहरिएमा बाध्य भएरै भए पनि सर्वोच्चले उनीसँगै यी चारैजना आयुक्तलाई अख्तियारबाट बिदा दिनु पर्नेछन् । त्यसपछि अख्तियारमा केवल एकजना आयुक्त रहनेछन्, ती हुन् राजनारायण पाठक । 

रिटमा संवैधानिक परिषद्बाट आयुक्तहरूको फाइल झिकाएर हेर्न माग गरिएको छ । रिटमा कार्कीविरुद्ध अदालतमा विचाराधीन मुद्दामै यो समावेश गर्न माग गरिएको छ । सार्वजनिक पदमा बसेका व्यक्तिको योग्यतामा प्रश्न उठेको र त्यस्तै मुद्दा पूर्ण इजलासमा विचाराधीन भन्दै निवेदकले अग्राधिकारसमेत माग गरिएको छ । आयोगमा पदाधिकारी नियुक्त भएको करिब डेढ वर्षपछि उनीहरूको योग्यतामा प्रश्न उठाई रिट दायर भएको हो । २०७१ चैत्रमा अख्तियारमा दुई आयुक्तबाहेक थप पाँच पदाधिकारी नियुक्त भएका थिए । 

 

]]>