देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अख्तियारमा फेरि प्रतिशोधकै खेल !

देशान्तर

काठमाडौं । लोकमानसिंह कार्कीले आफूविरुद्ध लाग्नेलाई खोजीखोजी अख्तियारको डन्डा बर्साउन थालेपछि अहिलेको दशा व्यहोरेको तथ्य लुकेको छैन । अख्तियार दुरुपयोग गर्नेमाथि अनुसन्धान गर्नुपर्ने अख्तियारका प्रमुख नै अख्तियार दुरुपयोग गर्दै आफ्ना विरोधीमाथि जाइलागे । यसले गर्दा उनी निलम्बित भएका हुन् । उनीमाथि व्यवस्थापिका संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको छ । यसको फैसला नहुन्जेल लोकमानको भविष्य अनिश्चित जस्तै छ ।

यही मौकामा अख्तियारको बागडोर यतिबेला दीप बस्न्यातको हातमा पुगेको छ । तर दीप बस्न्यात पनि लोकमानको शैलीमा अघि बढेपछि अख्तियारको भविष्य के होला चिन्ताको विषय बनेको छ । बस्न्यातले पनि लोकमानकै शैलीमा अख्तियारलाई प्रतिशोधको अस्त्र बनाउन थालेको प्रतीत हुन्छ । जानकारहरूका अनुसार यतिबेला अख्तियारले हिजो लोकमानसँग नजिक रहेका व्यक्तिलाई छानीछानी जबर्जस्ती छानबिनमा तानिरहेको छ । उनीहरूमाथि अकुत सम्पत्तिको छानबिन अघि बढाउने तयारी गरेको स्रोतले बतायो । 
स्रोतका अनुसार गत सोमबार बसेको अख्तियारको बैठकले अकुत सम्पत्ति आर्जनको मुद्दामा २० जनाभन्दा माथि छानबिन गर्ने निर्णय गरेको छ । अख्तियारको छानबिनको सूचीमा रहेका अधिकांश सरकारी कर्मचारी रहेको दाबी स्रोतले गर्‍यो । उनीहरूलाई हिजो अख्तियार प्रमुख हँुदा लोकमानलाई साथ दिएको आधारमा पूर्वाग्रह राखेर छानबिन अघि बढाएको बुझिन्छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अघि बढाएको छानबिनमा सहयोग गर्नु सरकारी कर्मचारीको कर्तव्य नै हो । यही आधारमा उनीहरूले अख्तियार प्रमुख भएको नाताले लोकमानलाई सहयोग गर्नु अपराध होइन । तर, आज त्यसैलाई आधार बनाएर उनीहरूमाथि प्रतिशोधपूर्वक छानबिन गर्ने हो भने भविष्यमा अख्तियारलाई कस्ले साथ दिने ? प्रश्न उब्जेको छ । 

स्रोतका अनुसार यतिबेला अख्तियारले नेपाल ट्रस्टको कार्यालयमा रहेका सचिव अर्जुनबहादुर कार्की, सिँचाइ सचिव गजेन्द्र ठाकुर, आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा, एआईजी वीरेन्द्रवावु श्रेष्ठ लगायतमाथि छानबिन अघि बढाएको छ । यी सबै कुनै बेला अख्तियार प्रमुख लोकमानलाई सहयोग गरेका व्यक्ति हुन् । राजस्वका महानिर्देशकले अख्तियारमा जोसुकै प्रमुख आए पनि उसले अघि बढाएको अनुसन्धानलाई कानुनसम्मत रूपमा साथ दिनैपर्छ ।

यही आधारमा शर्माले साथ दिएको हुन सक्छ । त्यसैगरी एआईजी श्रेष्ठ अख्तियारमै बसेर काम गरेका हुन् । अख्तियारमा कार्यरत प्रहरीले अख्तियार प्रमुखको कदम र निर्देशन नमान्ने भन्ने हुँदैन । अहिले लोकमान आफैं छानबिनमा तानिए भन्दै हिजो अख्तियार प्रमुखको हैसियतमा उनलाई साथ दिने जति सबैलाई जबर्जस्ती छानबिनमा ल्याउनु न्यासंंगत होला र ?

 

]]>