देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समृद्ध मधेस काँग्रेसको चाहना– नेता पौडेल

देशान्तर

बर्दिवास । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिकार सम्पन्न र समृद्ध मधेस काँग्रेसको चाहना रहेको बताएका छन् ।

नेता पौडेलले आज महोत्तरीको बर्दिबासमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै काँग्रेसले नै मधेसको समस्या सम्बोधन गर्नसक्ने दाबी गरे ।

आफ्नो पछिल्लो मधेस भ्रमणका क्रममा आम मधेसीले आर्थिक समृद्धि, रोजगारी, शिक्षा र स्वास्थ्यमा सबैको पहुँच होस् भन्ने चाहेको नेता पौडेलको भनाइ छ । संवैधानिक रुपमा सम्बोधन गर्नै पर्ने मधेसका एजेन्डाबारे सबै दलसँगको सहकार्यबाट संशोधन गरिने पौडेलले बताए ।

एक फरक प्रसङ्गमा नेता पौडेलले दलको नेतृत्व गर्नेले सबैलाई समेटेर अघि बढ्नुपर्ने उल्लेख गरे । नेता पौडेलको आजै महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा कार्यकर्ता भेटघाट कार्यक्रम रहेको छ ।

]]>