देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभापतिले सानो गुटलाई च्याप्दा विवाद सिर्जना भयोे- कोइराला

देशान्तर

दाङ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले संविधान संशोधन र कार्यान्वयनका लागि काँग्रेस, नेकपा (एमाले) र मधेसकेन्द्रित दलको सहकार्य आवश्यक भएको बताएका छन् ।

काँग्रेस दाङले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले संविधान कार्यान्वयन र चैतभित्र नै निर्वाचन गराउन सहमति आवश्यक हुने बताए । “संविधान जारी गर्दा तत्कालीन समयमा मधेसवादी दलसँग सहकार्यको आवश्यकता थियो तर हामीले उनीहरुलाई छुटायौँ”,उनले भने, “अब यसरी नै एमाले र मधेसवादी दललाई चिढाउने हो भने देश दुर्घटनामा पर्न सक्छ ।”

उनले सीमाङ्कनका नाममा मधेसलाई छुट्टै प्रदेश दिनु र अङ्गीकृत नागरिकता भएका संवेदनशील पदमा जानुपर्ने भन्ने पक्षमा काँग्रेस छैन र त्यो हुन पनि काँग्रसले दिँदैन भन्दै उनले अहिलेको समयमा राष्ट्रिय सहमति सहित संविधान कार्यान्वयन र निर्वाचनका लागि सबै राजनीतिक दल एक ठाउँमा नआए देश अप्ठ्यारोमा पर्ने औँल्याए ।

उनले अब व्यक्तिगत स्वार्थ, जातिवाद र अर्काको इसारामा नचली सच्चा काँग्रेसका रुपमा लाग्न कार्यकर्तालाई आह्वान गरे । उनले पार्टी सभापतिले सानो गुटलाई च्यापेकाले पार्टीभित्र विवाद बढ्दै गएको आरोप पनि लगाए ।

]]>