देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन दिदैनौं- उपप्रधानमन्त्री निधि

देशान्तर

काठमाडौं । उपप्रधानमन्त्री विमलेन्द्र निधिले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिइने बताएका छन् ।

गृह मन्त्रालयमा आज नेपालका लागि चिनियाँ राजदूत यु होङसँगको भेटवार्तामा गृहमन्त्री निधिले नेपालको विकासमा चीन सरकारले उपलब्ध गराउँदै आएको सहयोग र सद्भावप्रति आभार प्रकट गरे ।

सो अवसरमा राजदूत युले नेपालको विकास र समृद्धिमा चीन सरकारका तर्फबाट भइरहेको सहयोग निरन्तर जारी रहने बताउँदै दुई देशबीचको सम्बन्ध थप उचाइमा पुर्याउने प्रतिबद्धता जनाए ।

उनीहरुबीच द्विपक्षीय सुरक्षा, आर्थिक विकास लगायत विषयमा कुराकानी भएको उप्रधानमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

]]>