देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जस्तो सुकै अवस्थाका लागि पनि तयार रहन प्रधानसेनापतिको निर्देशन

देशान्तर

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हालको परिस्थतिअनुसार जुनसुकै अवस्था आउनसक्ने भन्दै सम्पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। क्षेत्रीले उपत्यका सहित ६ वटै पृतना र विभागीय प्रमुखलाई जस्तो सुकै चुनौतीको सामना गर्न सक्ने गरी अपरेशनल, तालिम तथा बन्दोबस्ती पक्षमा चौबिसै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्।

सेनाको पृतनापति समन्वयात्मक बैठकको समापनमा निर्देशन दिँदै क्षत्रीले नियमित संस्थागत जिम्मेवारी तथा कार्यहरुको बाहेक अपरेशनल रेडिनेस तथा सांगठनिक सुदृढीकरणका क्षेत्रहरुमा विशेष ध्यानकेन्द्रित गर्न निर्देशन दिएका हुन ।  सेनाको इन्टिलिजेन्ससहित पृतनापतिले गरेको प्रस्तुतिकरणपछि क्षत्रीले यस्तो निर्देशन दिएका हुन्।

सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले सेनाले वर्तमान अवस्थाको मूल्यांकन र समीक्षा तथा भविष्यमा आइपर्ने अवस्थाको मूल्यांकनअनुसार प्रधानसेनापतिको निर्देशन आएको बताए । उनका अनुसार समन्वयात्मक बैठकमा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीहरु तथा सुझावहरुको सम्बन्धमा प्रस्तुति दिएका थिए।

‘बैठकमा समसामयिक वस्तुस्थितिको पुनरावलोकन तथा मूल्यांकनसमेत भयो, सोही अनुसार निर्देशन भएको छ,’ कार्कीले भने। बैठकमा सहभागी एक सहायक रथीका अनुसार वर्तमान राजनीतिक अवस्था, संविधान कार्यन्वयन, सीमाकंन तथा राष्ट्रिय ,क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रभावको मूल्यांकन र आँकलनको नमुना बैठकमा प्रस्तुत भएको थियो। सेनाको गुप्तचर विभाग डिएमआईको गोप्य प्रतिवेदनले अवस्था सोचेजस्तो हुन नसक्ने देखिएपछि आइपर्ने जिम्मेवारीका बिषयमा बैठकमा छलफल भएको हो। नागरिक दैनिकमा समाचार छ । 

]]>