देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

थुनामा रहेकी महिलाले बन्दीगृहमै छोरी जन्माइन्

देशान्तर

काठमाडौं । सात वर्षीया छोरीको हत्या अभियोगमा जिल्ला कारागार रोल्पाको बन्दीगृहमा रहेकी एक महिलाले छोरी जन्माएकी छिन्। खुमेल–५ रोल्पाकी २९ वर्षीया धना बुढाथोकीले बन्दीगृहमै आज बिहान छोरी जन्माएको प्रहरी सहायक निरीक्षक कुलबबहादुर रावतले जानकारी दिए।

उनका अनुसार गत असोज २५ गते दशैँको टीकाको दिनमा आफैँले जन्माएको सात वर्षीया छोरीलाई लाठीले हिर्काएर हत्या गरेको अभियोगमा उनी पूर्पक्षका लागि थुनामा छिन् । बन्दीगृहमै सुत्केरी भएकी बुढाथोकी र उनको बच्चाको अवस्था सामान्य रहेको छ।

कारागार कार्यालय रोल्पाका प्रमुख प्रदीपकुमार रेग्मीले भने ‘हामीले सुत्केरीलाई १० मीटर कोरा कपडा, यौटा साधा साडी, सुत्केरी अवधिभरका लागि रु एक हजार, प्रत्येक दिन ७०० ग्राम चामल, ५० ग्राम ज्वानोलगायतका खाद्यान्न दिएका छौं। यसबाहेक जाडोका कपडाहरु तथा अन्य सामाग्रीहरु कसैले उपलब्ध गराए बच्चा र आमा दुवैलाई थप सहयोग मिल्ने थियो।’

सहायक प्रहरी निरीक्षक रावतका अनुसार उनको आर्थिक अवस्था निकै कमजोर छ भने शारीरिक अवस्था पनि निकै कमजोर देखिएको छ। उनी जेल परेदेखि अहिलेसम्म घर परिवार उनलाई भेट्न आएका छैनन्। उनको घरमा पति गोपाल बुढाथोकी, तीन वर्षीय छोरासमेत रहेको बताइएको छ । आजको राजधानी दैनिकमा समाचार छ । 

]]>