देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान कार्यान्वयन गरेर गर्व गर्ने ठाउँ राखौँः वरिष्ठ नेता पौडेल

देशान्तर

बनेपा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेले संविधान संशोधनको विषयमा के खोजेको हो स्पष्ट गर्न आग्रह गरेका छन् । काभ्रेपलाञ्चोकको कुन्ताबेँसीमा कांग्रेसको महादेवस्थान गाउँ कार्य समितिले आयोजना गरेको आमसभामा उनले एमालेलाई लक्षित गर्दै ‘मोही माग्ने ढुङ्ग्रो लुकाउने’ काम गर्नु हुदैन भने ।

नेता पौडेलले विगतमा जसरी प्रमुख तीन राजनीतिक दलको सहमतिमा नयाँ संविधान जारी गरेर गर्व गरिएको थियो त्यसरी नै संविधान कार्यान्वयन गरेर गर्व गर्न ठाउँ राख्नुपर्नेमा जोड दिए । उनले भने– ‘नेपालमा अझै पनि सङ्कट विद्यमान रहेकाले प्रमुख राजनीतिक दल मिल्नुको विकल्प छैन ।’

सो कार्यक्रममा  केन्द्रीय सदस्य धनराज गुरुङ, गुरुराज घिमिरे, सरिता प्रसाईँ, मोहन बस्नेतलगायतले मुलुकको समसामयिक राजनीतिका बारेमा बोलेका थिए । 

]]>