देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिइउइफ्रेडिन प्रिक्रसर काण्डका दोषीलाई प्रहरीले दियो यसरी उन्मुक्ति

देशान्तर

दीपेन्द्र चौहान 
वीरगन्ज । सिइउइफ्रेडिन प्रिक्रसर रसायन काण्डमा संलग्न एक प्रभावशाली व्यक्ति अनुसन्धानको दायरामा नल्याई लागूऔषध कार्यान्वयन एवं नियन्त्रण ब्युरो काठमाडौंले सुनियोजित तवरले उम्काएको रहस्य खुलासा भएको छ । यो प्रकरणमा लागूऔषध कार्यान्वयन एवं नियन्त्रण ब्युरोका डीएसपी अपिल बोहराले पशुपति रोड कैरियर्सका सञ्चालक राजेन्द्र गुप्ताका भाइ महेन्द्र गुप्तालाई चार पटक बोलाएर बयान लिएका थिए । तर आर्थिक नजराना लिएर अहिले उनलाई उन्मुक्ति दिएको स्रोतले जनाएको छ । 

आर्या फर्माका सञ्चालक रतन संघई, पवन संघई र एसआर ड्रग्सका सञ्चालक मधुसूदन अग्रवालले तेस्रो मुलुकबाट सिइउइफ्रेडिन प्रिक्रसर झिकाएर वीरगन्जबाट पशुपति रोड कैरियर्समार्फत काठमाडौं झिकाउने गरेका थिए । 

काठमाडौंबाट पुन: सिइउइफ्रेडिन प्रिक्रसरलाई भारतको विभिन्न प्रान्तमा, चाइना र थाइल्यान्डसमेत पठाउने गरिएको थियो । सिइउइफ्रेडिन प्रिक्रसर काण्डमा प्रहरीले दिलीप पण्डित, मोहित हालन र भरिया बद्रीप्रसाद वनसहित रतन संघईसमेतलाई पक्राउ गर्न सफल भएको थियो । रतन संघईबाहेक अन्य सबै जेलमा कैदीजीवन बिताइरहेका छन् । 

स्रोतका अनुसार महेन्द्रले ५५ इन्चको सामसुङ एलईडीटीभी र दस लाख रुपैयाँ बोहरा र प्रहरी निरीक्षक कृष्णबहादुर पनेरुमार्फत नजराना दिएको बताइन्छ । तीन दशक अगाडि भारत बिहारको खजुरिया गाउँबाट वीरगन्ज आई श्री कैरियर्समा झाडु लगाउने, आगन्तुकलाई पानी खुवाउने र आइपर्दा मालसमानको बुकिङसमेत गर्ने राजेन्द्र गुप्ता आजको मितिमा ट्रान्सपोर्ट लाइनको ‘डन’को रूपमा स्थापित गराउन सफल भएका छन् । 

पशुपति रोड कैरियर्सका शाखा नेपालको प्राय: सहरहरूमा रहनुको साथै भारतको विभिन्न प्रान्त र महानगरहरूमा समेत रहेका छन् । झूटो विवरण पेस गरी नागरिकता लिएका राजेन्द्र गुप्ता नेपालभरिका कलवार जातिहरूको संगठन नेपाल कलवार कल्याण महासंघका अध्यक्षसमेत हुन । राजेन्द्र गुप्ताको पशुपति रोड कैरियर्सबाट पटकपटक लागूऔषध र तस्करीका सामानहरू समातिने शृंखला अहिलेसम्म रोकिएको छैन ।

 

]]>