देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राप्रप्रा वैचारिक रूपमा अझै अलग

देशान्तर

काठमाडौं । ठूलो तामझामसहित एकीकरण भएको हप्ता दिन पनि नपुग्दै पूर्वपञ्चहरूको पार्टी राप्रपा र राप्रपा नेपालका बीचमा फेरि विवाद सुरु भएको छ । गएको सोमबार राजधानीमा कार्यक्रम आयोजना गरी एकीकरण घोषणा गरिएको थियो । राप्रपा नेपाल र राप्रपाका बीचमा भौतिक रूपमा एकता भए पनि वैचारिक रूपमा विभाजित देखिएको छ ।  हिन्दु राष्ट्रसहित राजतन्त्रको वकालत गर्दै आएको संसद्को चौथो ठूलो दल राप्रपा र गणतन्त्रको वकालत गर्दै आएको राप्रपाका बीचमा एकता भएको थियो । तर एक साता पनि नपुग्दै राजतन्त्रका विषयमा राप्रपाका नेताहरू दुई ध्रुवमा बा“डिएका छन्  । पुरानो राप्रपाका नेताहरू राजतन्त्रको विपक्षमा देखिएका छन् भने राप्रपा नेपालका नेताहरू भने रातन्त्रको वकालत गर्न थालेपछि फेरि राप्रपा विभाजनकै अवस्थामा रहेको जानकारहरूले बताउन थालेका छन् । दुई पार्टीका बीचमा एकता हु“दा समेत यो विषयमा स्पष्ट धारणा र नीति तय नगरिएको बुझिएको छ । 

एकीकृत राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले एउटा दैनिक पत्रिकाका लागि दिएको अन्तर्वार्तामा मुलुक र पार्टीले दुवैले गणतन्त्र स्वीकार गरिसकेको अवस्थामा अब राजतन्त्र फर्कन नसक्ने अभिव्यक्ति दिएपछि राप्रपाको विवाद बाहिर आएको हो । राणाको सो भनाइलाई अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमार्फत खण्डन गरेका छन् । उनले राणाको अभिव्यक्ति एकताको भावना र पार्टीको आधिकारिक धारणाविपरीत भएको भन्दै कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरेका छन् । 

दुई पार्टीका बीचमा एकीकरण हु“दा राजतन्त्रका विषयमा महाधिवेशनबाट टुंगो लगाउने सहमति भएको थियो । तर नेताहरूले आआफ्ना खाले अभिव्यक्ति दिएपछि पार्टीमा विवाद सिर्जना भएको हो । महाधिवेशनले टुंगो लगाउने विषयलाई नेताहरूका अभिव्यक्ति दुईखाले आएको भन्दै कार्यकर्तामा असन्तुष्टि सिर्जना भएको हो । राप्रपा नेपालले धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रको विरुद्धमा संविधान निर्माणको प्रक्रियामा नोट अफ डिसेन्ट लेखेको थियो । तर राप्रपाले धर्मको बारेमा मात्रै नोट अफ डिसेन्ट लेखेको थियो । हिन्दु धर्मका बारेमा भने दुवै दलका बीचमा सहकार्य भई एकता भएको हो । 

यसैबीच, राप्रपा एकीकरणपछि सरकारमा सहभागी हुनका लागि अध्यक्ष कमल थापाले बार्गेनिङ सुरु गरेका छन् । उनले पार्टी एकीकरणपछि थप दुई मन्त्रालय पाउनुपर्ने भन्दै कांग्रेस र माओवादी केन्द्रस“ग बार्गेनिङ गरेको बताइएको छ । थापाले राप्रपालाई स्थानीय विकास मन्त्रालय पाउनुपर्ने भन्दै बार्गेनिङ गरेका हुन् । उनले केपी ओली नेतृत्वको सरकारका पालामा उपप्रधानमन्त्रीसहित स्थानीय विकास मन्त्रालय सम्हालेका थिए । अहिले पनि थापाले आफ्ना भाइ गणेश थापालाई स्थानीय विकास मन्त्री बनाउने अभियानका साथ बार्गेनिङ गरेको बताइन्छ । 

 

]]>