देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सत्तारूढ दुई तिहाइ नजिक पुगेपछि ओली झस्किए

देशान्तर

काठमाडौं । सत्तारूढ राप्रपासँग एकीकरण गरेर राप्रपा नेपाल पनि सत्तारूढ बनेपछि वर्तमान सरकारको समर्थन दुई तिहाइ नजिक पुगेको छ । यसले गर्दा प्रमुख विपक्षी दल नेकपा एमालेभित्र खैलाबैला मच्चिएको छ । नेपाली कांग्रेससहित १६ दलको प्रस्ताव–समर्थनमा पुष्पकमल दाहाल प्रधानमन्त्री निर्वाचित हुँदा ३६३ मत पाएका थिए, जबकि यी दलहरूसँग ३६६ मत छ ।

एकीकृत राप्रपाको सिट संख्या अब ३७ पुगेको छ । यो मत थपिँदा सरकारलाई ३९१ को समर्थन प्राप्त भएको छ । एमालेसहितको प्रतिपक्षसँग अब १९९ सिट मात्रै बाँकी छ । राप्रपा र राप्रपा नेपालका बीचमा एकीकरण भएपछि अब विपक्षमा नेकपा एमालेका १८२, नेकपा मालेका ५, नेपाल मजदुर किसान पार्टीका ४, राष्ट्रिय जनमोर्चाका ३, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका २ र नेपाल परिवार दलका २ जना सांसद छन् ।

एकीकरणपछि राप्रपाको कार्यकारी अध्यक्ष बनेका कमल थापा पनि मधेसीहरूको मागका बारेमा लचिलो बनेको देखिन्छ । उनले मधेसको समस्या समाधान गर्न सबैलाई लचिलो हुन आग्रह गरिरहेका छन् । जबकि यसअघि मधेसप्रति उनको विचार एमालेको भन्दा कडा थियो । एकाएक कमल थापा सत्तापक्षको कित्तामा पुगेपछि ओलीलाई आफ्नो शक्ति क्षीण भएको अनुभूति भएको देखिन्छ । त्यसैले उनी संविधान संशोधनको विषयमा अड्को थापेर सत्ता बार्गेनिङमा लागिसकेका छन् । 

 

]]>