देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देउवा र ओली एउटै उडानबाट सिमरा: स्वागतमा यस्तो भयो भिन्नता

देशान्तर

दीपेन्द्र चौहान
विरगंज । मधेसमा नेपाली कांग्रेसका नेताहरू पुग्दा हजारौंको संख्यामा मधेसी जनताले स्वागत गर्न थालेका छन् भने एमाले नेताहरूको कार्यक्रममा एमाले पार्टीकै कार्यकर्तासमेत उपस्थित हुन छोडेका छन् । एमाले अध्यक्ष केपी ओलीलगायतका नेताहरूले मधेस र मधेसी जनतालाई अपमान गर्दै आफूलाई कथित राष्ट्रवादी देखाउन थालेपछि मधेसबाट एमाले पत्तासाफ हुने अवस्थामा पुगेको दृश्य शनिबार बारामा देखियो । 

मधेसमा आफ्नो साख गिरेको अनुभव शनिबार स्वयम् एमाले अध्यक्ष केपी ओलीले गर्ने अवसर पाए । शनिबार बुद्ध एयरको एउटै विमानबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली तराई झरेका थिए । ओली आफ्नो पार्टीको नगर भेला उद्घाटन गर्न गएका थिए भने देउवा वीरगन्जमा पतञ्जलीका प्रमुख रामदेवले आयोजना गरिरहेको योग शिविरको आइतबार हुने कार्यक्रममा भाग लिन वीरगन्ज गएका थिए । दुवै नेता सिमरामा एउटै जहाजबाट ओर्लिए । ओलीको स्वागतका लागि सिमरामा केही दर्जन कार्यकर्ता सहभागी भएका थिए । तर कांग्रेस सभापति शेरबहादुर देउवाको स्वागतका लागि हजारौं कार्यकर्ता सिमरा पुगेका थिए । करिब दुई हजारको संख्यामा मोटरसाइकल र गाडी लिएर देउवा स्वागत गर्न मधेसका कांग्रेस कार्यकर्ता सिमरा पुगेका थिए । सभापति देउवाको स्वागत गर्ने हजारौं कार्यकर्ता सिमरा विमानस्थल पुगेपछि ओली ४५ मिनेट विमानस्थलभित्रै खुम्चिन बाध्य भए । सँगै विमानस्थलबाट ओर्लिएका ओलीलाई कांग्रेस सभापति देउवाले जान आग्रह गरे पनि ओली भने सभापति देउवा वीरगन्जका लागि प्रस्थान नगरुन्जेल विमानस्थल बाहिर निस्कन मानेनन् । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामात्र होइन अघिल्लो साता तराई मधेस संवाद अभियान लिएर मधेसका सबै जिल्लामा पुगेको नेपाली कांग्रेसका वरिष्ठ  नेता रामचन्द्र  पौडेलको पनि भव्य स्वागत भएको थियो । पौडेललाई पर्साका स्थानीय मधेसी दलका नेताहरूले भेटेर मधेसको समस्या कांग्रेसभन्दा अन्य राजनीतिक दलहरू समाधान गर्न नसक्ने भन्दै कांग्रेसलाई अग्रसरता लिन आग्रह गरेका थिए ।

उनीहरूले मधेसवादी नेताहरूभन्दा अन्य पार्टीका  मधेस आउने नेताहरूमध्ये पौडेललाई पहिलो पटक भेटेको बताएका थिए । पौडेललाई पर्सामा मात्र नभई बारा रौतहटमा समेत भव्य स्वागत भएको थियो । रौतहटमा पौडेलले सम्बोधन गर्ने आमसभामा झन्डै ३० हजारको हाराहारीमा सहभागी थिए भने पौडेल सर्लाही, महोत्तरी धनुषामा तराई मधेस संवाद अभियान सकेर राजधानी फर्केका थिए । 

सभापति देउवा शनिबार पर्सामा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नका लागि सिमरा हुँदै वीरगन्ज पुगेका हुन् । कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले मधेसको भावना अनुरूप कांग्रेसले छिट्टै संशोधन प्रस्ताव पेस गर्ने बताएका हुन् । उनले प्रस्तावलाई पास गर्न एमालेलगायतका दललाई आग्रहसमेत गरेका छन् । सीमांकन, जनसंख्याको आधारमा राष्ट्रियसभामा प्रतिनिधित्व, नागरिकतालगायतका बुँदा संशोधनका लागि प्रस्ताव प्रस्तुत गरिने उनले खुलाए ।

संविधान कार्यान्वयनका लागि संशोधन आवश्यक रहेको उनले दाबी गरे । मधेसको भावनाको कदर गर्दै संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्न लागिएको उनले बताए । ‘जबजब मधेसले पार्टीलाई सहयोग गर्छ, तबतब कांग्रेस सरकारमा जान्छ’, उनले भने, ‘कांग्रेस मधेसकै पार्टी हो ।’ मुलुकको अन्य भागमा बस्ने नेपालीझैं मधेसका जनता पनि राष्ट्रभक्त हुँ’ उनले भने, ‘मधेसका जनतालाई अविश्वास गर्नु भनेको आफ्नो पार्टी खत्तम गर्नु हो ।’ संविधान कार्यान्वयनका लागि पनि स्थानीय निकायको निर्वाचन आवश्यक रहेको उनले औंल्याए । मुखिया उपमुखियाले राष्ट्रियसभामा मत हाल्ने भएकाले स्थानीय तहको चुनाव आवश्यक छ । 

कार्यक्रममा पर्साका जिल्ला सभापति सुरेन्द्र चौधरीलाई भने कार्यकर्ता बोल्न लाग्दा हुटिङ गरेका थिए । कार्यक्रम अवधिभर सभापति देउवाले जिल्ला सभापति चौधरीसँग कुनै संवाद गरेनन् । संविधान जारी गर्ने बेलामा ढुलमुले चरित्र देखाएको तथा पार्टीको महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धामा कार्यकर्ताले चुनाव हराएको भन्दै पार्टी छोडेको घोषणा गरेका चौधरीलाई मञ्चमा बोल्ने बेलामा हुटिङ गरेका थिए ।

 

]]>