देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्रीपरिषद बैठक छोट्याएर रामदेव शिविर

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले योगगुरु रामदेवलाई भेट्न समय निकाल्दा आइतबार मन्त्रिपरिषद् बैठकमा महत्वपूर्ण विषयले प्रवेश नै पाउन सकेन। बैठकमा संविधान संशोधन विधेयक मस्यौदामाथि छलफल गरी अनुमोदन गर्ने र आइतबारै संसद् सचिवालयमा दर्ता गर्ने दाहालको तयारी थियो।

मन्त्रिपरिषद् स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री दाहालले विधेयक पेस नै गरेनन्, बरु अनौपचारिक चर्चा गरेर रामदेवको शिविरमा जानु छ, छिटो सकौं भनी अन्य निर्णय सकेर छिटै बाहिरिए। ‘प्रधानमन्त्री छिटो बाहिर निस्कने काम परेकाले संविधान संशोधनबारे बैठकमा छलफल हुन सकेन,’ सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले मन्त्रिपरिषद् बैठकपछि भने, ‘संविधान संशोधनका विषयमा अर्को दिन छलफल हुनेछ।’

प्रधानमन्त्री दाहाल सवा तीन बजे नेपाली सेनाको हेलिकप्टरबाट वीरगन्ज पुगेका थिए। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले प्रधानमन्त्री रामदेवलाई भेटेर आइतबारै फर्केको बताए। खनालका अनुसार दाहाललाई रामदेवले निम्तो दिएकाले त्यहाँ जानुपरेको हो।

मन्त्रिपरिषद् बैठकले १५ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य सचिव डाक्टर सेनेन्द्रराज उप्रेतीलाई जिम्मेवारी दिएको छ। मन्त्रिपरिषद् बैठकले विभिन्न दाताबाट प्राप्त अनुदान सहयोग र ऋण गरी ३५ अर्ब ८८ करोड रुपैयाँ लिने निर्णय गरेको छ। विश्व बैंक, जापान सरकार र एसियाली विकास बैंकबाट रकम प्राप्त हुने भएको हो। नागरिक दैनिकमा समाचार छ । 

]]>