देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गोविन्द केसीको स्थिति एकदमै नाजुक

देशान्तर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँको बर्खास्ती र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा केपी सिंहको राजीनामाका सवालमा कुला नमिलेपछि गोविन्द केसी र सरकारका प्रतिनिधिबीच सोमवार भएको वार्ता पनि पनि निष्कर्षमा पुग्न सकेन ।

चिकित्सा शिक्षा र सेवासँग सम्बद्ध १० बुँदे मागसहित १७ औं दनदेखि आमरण अनसनरत केसीको स्वास्थ्य स्थिति भने एकदमै नाजुक भैसकेको छ । मंगलबार केसीको अनसन १७ औं दिनमा पुगेको छ ।

संस्थानको डिन हटाउनु भन्दा पनि यसमा निष्पक्ष नियुक्तिको लागि प्रकृया बनाउनु पर्ने तर्क सरकारी पक्षले अघि सारेको थियो ।  

केसीको स्वास्थ्यमा दिनहु जटिलता थपिदै जाँदा समेत सरकारी वार्ता टोलीले केसी पक्षलाई थकाउने रणनीति अपनाएको आरोप लगाए । सरकारी वार्ता टोलीका शिक्षा सचिव शान्त बहादुर श्रेष्ठले वार्ता सहमति नजिक पुगेको दावी गरे । कान्तिपुर दैनिकमा समाचार छ । 

]]>