देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पुनर्निर्माणमा खटिएका २ सय २० इन्जिनियरको राजीनामा

देशान्तर

काठमाडौं । पुनर्निर्माण अवधिभर खटिने गरी सरकारले नियुक्त गरेका इन्जिनियरले धमाधम राजीनामा दिन थालेका छन् । सरकारले पुनर्निर्माण अवधिभर काम गर्ने गरी करारमा नियुक्त गरेका १ हजार ३४६ इन्जिनियरमध्ये हालसम्म २ सय २० जनाले राजीनामा दिएको पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ प्रमुख शिवहरि शर्माले जानकारी दिए ।

उनका अनुसार काममा खटिएका इन्जिनियरले धमाधम राजीनामा दिन थालेपछि पुनर्निर्माणको कामसमेत प्रभावित भएको छ । सहरी विकास मन्त्रालयका प्रवक्ता समेत रहेका शर्माले २ सय २० जनाको राजीनामा आएपछि परीक्षामा उत्तीर्ण वैकल्पिक उमेद्वारलाई आव्हान गरिएको बताए ।  मन्त्रालयले आह्वान गरेयता ९५ जनाले मात्र निवेदन दिएका छन् । तोकिएको कार्यक्षेत्रमा गएर काम गनुपर्ने भएकाले इन्जिनियरले तलब सुविधाबाहेक थप भत्ता पाउनुपर्ने माग गरेका थिए । सोअनुसार भत्ता नपाएको र भूकम्प प्रभावित जिल्लामा बसेर काम गनुपर्ने भएकाले इन्जिनियरले काम छाडेको हुनसक्ने शर्मा बताउँछन् ।

सरकारले यी प्राविधिकलाई कार्यक्षेत्रमा नियुक्त गरेपछि पुनर्निर्माणसम्बन्धी तालिम लिएका इन्जिनियरले काम छोड्दा समस्या भएको छ । सरकारले निजी आवासका लागि वितरण गरेको पहिलो किस्तावापतको करिब ८० प्रतिशत रकम भूकम्प प्रभावितले पाइसकेका छन् । अब त्यो रकम लिएर सर्वसाधारणले घर बनाउने समयमा इन्जिनियर नहुँदा पुनर्निर्माणमा समस्या उत्पन्न भएको छ । कारोवार दैनिकमा समाचार छ । 

]]>