देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महाभियोग प्रस्तावमाथिको छलफल आजै सक्ने तयारी

देशान्तर

काठमाडौं ।  व्यवस्थापिका संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल मंगलवार टुङ्ग्याउने संसद् सचिवालयले तयारी थालेको छ । नौ दिनपछि बस्न लागेको संसद् बैठकमा महाभियोग प्रस्ताव माथिको छलफल सक्याउने तयारी गरेको सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

सभामुख घर्ती रुस भ्रमणका गएका कारण मंसिर ५ पछि संसद् बैठक मंगलवार बस्न लागेको हो । सैद्धान्तिक छलफल सकिए लोकमान विरुद्धको महाभियोग प्रस्ताव मंगलवार नै संसदको महाभियोग सिफारिस समितिमा पठाउने तयारी छ । सभामुखका सल्लाहकार शर्माका अनुसार  बोल्न चाहने सदस्यको संख्या थपिएन भने छलफल सक्याएर प्रस्ताव सिफारिस समितिमा पठाउने तयारी भएको छ । महाभियोग लगाउनु पर्ने या नपर्नेबारे सिफारिस समितिले तीस दिनभित्र राय दिने संसद् नियमावलीको व्यवस्था छ ।

महाभियोग प्रस्तावका प्रस्तावक र समर्थक दलहरूबीच पछिल्लो समय तिक्तता देखिएका कारण महाभियोगमा सर्वसहमती जुटने सम्भावना कमजोर रहेको एक सांसदले बताए । दिउँसो १ बजे बस्ने बैठकमा सांसदहरूले शून्य र विशेष समयमा समसामयिक विषयमा बोलेपछि महाभियोग प्रस्तावमाथि छलफल जारी रहने छ । महाभियोग प्रस्तावमाथि कात्तिक ९ गतेदेखि छलफल शुरु भएपनि दलीय सहमति जुटन नसक्दा छलफल लम्बिएको छ ।

]]>