देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल–भारत परियोजना अनुगमन संयन्त्रको दुई पक्षीय बैठक

देशान्तर

काठमाडौं । नेपाल र भारतबीच सहमति भएका परियोजना अनुगमन संयन्त्रको दुई पक्षीय बैठक काठमाडौंमा हुँदै छ। बैठकमा भारतीय पक्षको नेतृत्व नेपालका लागि भारतीय राजदूत रणजित राय र नेपाली पक्षको नेतृत्व पराराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले गर्नेछन्। बैठकमा नेपालका तर्फबाट पराराष्ट्र, भौतिक योजना, अर्थ, वाणिज्य र पर्यटन मन्त्रालयका उच्च अधिकारीहरु सहभागी हुनेछन्।

भारतका तर्फबाट भारतीय दूतावासका उपप्रमखु, आर्थिक मामिला हेर्ने अधिकारी, पुनर्निर्माण हेर्ने अधिकारीलगायत सहभागी हुनेछन्।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका बेला सहमति भएका परियोजना अघि बढाउन संयन्त्र गठन गर्ने सहमति भएको थियो। अघिल्लो महिना दुई देशका परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको चौंथो बैठकले एक महिनाभित्र संयन्त्रको बैठक बस्ने निर्णय गरेको थियो।

 भारतले दुई वर्षअघि प्रदान गरेको सहुलियत ऋणबाट सञ्चालन हुने सडक, महाकाली पुल र सिँचाइ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने, तराई सडकको पहिलो चरण शीध्रतासाथ पूरा गर्ने, केही परियोजनाका लागि सहुलियत पूर्ण ऋण उपलव्ध गराउने, सीमापार रेल परियोजना शीघ्र सम्पन्न गर्ने सहमतिलाई अघि बढाउने विषमा बैठकमा छलफल हुने जनाइएको छ।

बैठकमा अन्य थप तीवटा सीमापार रेल परियोजना सुरु गर्ने, भारत सरकारले भूकम्पपछिको पुनर्निमार्णका लागि प्रदान गरेको अनुदान तथा ऋणको उपयोग गर्ने परियोजनालाई अन्तिम रुप दिने लगायत विषयमा छलफल हुने बताइएको छ।

]]>