देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश नम्बर २ र ५मा सुरक्षा चुनौती

देशान्तर

काठमाडौं । प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग विगतमा आन्दोलन नियन्त्रणमा लिँदा संगठनका तर्फबाट भएका कमीकमजोरी सच्याउँदै नयाँ सुरक्षा योजनामा जुटेका छन् । तीनवटै सुरक्षा निकायले केही महिनाअघि देशका विभिन्न भागमा संयुक्त पूर्वअध्यास गरेका थिए ।

आपसमा समन्वयको कमी, भूमिकाका विषयमा खिचातानी र स्थितिको पूर्वमूल्यांकन तथा पूर्वसूचनाको कमीका कारण अयसअभका आन्दोलनमा धनजनको क्षति भएको निष्कर्ष उनीहरुको छ । यसै आधारमा रणनीति बनाएर उनीहरु आन्दोलनका क्रममा हुने सक्ने धनजनको क्षति रोक्न पूर्वअभ्यासमा जुटेका हुन ।

प्रहरीको विशेष ब्युरो अन्तर्गत रहेको राजनीतिक अन्वेषण र राष्ट्रिय अनुसन्धान विभागले दल,विद्रोही समुह,भुमिगत सशस्त्र समुह र सुरक्षा मामिालामा चलखेल गर्न सक्ने तत्वको पहिचान र गतिबिधिको मुल्यांकनपछि प्रदेश नम्बर २ र ५ लाई सुरक्षा चुनौतीका हिसाबले संवेदनशील ठहर्याएका छन् । आजको नागरिकमा समाचार छ । 

]]>