देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ध्रुवचन्द्र गौतमको २४ औं उपन्यास यसै साता

देशान्तर

काठमाडौं । वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतमको २४ औं उपन्यास यसै साता सार्वजनिक हुने भएको छ । ‘विगत जस्तो केही’ शीर्षकको उपन्यासलाई उपलब्धि प्रकाशनले प्रकाशित गर्न लागेको हो । 

आख्यान पुरुषको उपमा पाएका डा.गौतमको यो सूत्र उपन्यास हुनेछ । सूत्र उपन्यासको रूपमा उनको यो चौथो उपन्यास हुने डा. गौतमले बताए । यसअघि उनका ‘पुलको आगो’, ‘मौन’ र ‘भीमसेन चारको खोजी’ गरी तीन वटा सूत्र उपन्यासहरू प्रकाशित भइसकेका छन् ।

२०२० सालदेखि कथा लेखनबाट साहित्यमा पाइला टेकेका गौतमले २०२४ सालदेखि उपन्यास लेखन सुरु गरेका हुन् । उनको पहिलो उपन्यास ‘अन्त्यपछि’ हो । 

 

]]>