देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्थानीय तह पुनःसंरचनाको गतिरोध हट्यो

देशान्तर

काठमाडौं । काम सकिन लागेका बेला सरकारले नयाँ कार्यादेश दिएपछि असन्तुष्ट स्थानीय तह पुनःसंरचना आयोगका पदाधिकारी गाउँपालिका्नगरपालिका संख्या केही बढाएर अघि बढ्न सहमत भएका छन् । प्रधानमन्त्री, प्रमुख राजनीतिक दलका नेता, आयोगका अध्यक्षसहितको संयुक्त बैठकमा सोमबार मध्यमार्ग अपनाएर अघि बढ्ने सहमति बनेपछि पुनःसंरचनामा देखिएको गतिरोध हटेको हो । जसअनुसार अब बन्ने गाउँपालिकारनगरपालिकाको संख्या आयोगले प्रस्ताव गरेको ५ सय ६५ भन्दा केही बढ्ने र सरकारले इलाकालाई आधार मानी दिएको ९ सय २७ भन्दा केही कम हुने छ ।

दलहरूले संख्या कम भएको भन्दै विवाद गरेपछि सरकारले संख्या बढाउन इलाकालाई आधार मानेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा बसेको बैठकले इलाकालाई पनि आधार बनाएर पुनःसंरचना गर्ने गरी आयोगको मापदण्ड संशोधन गर्ने सहमति गरेको छ । सरकारले दिएको थप कार्यादेशबारे प्रमुख राजनीतिक दलका नेताले आयोगलाई स्पष्ट पारेका थिए भने आयोग अध्यक्ष बालानन्द पौडेलले अधिकार क्षेत्र मिचिएको बताएका थिए । बैठकमा संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले उपाध्यक्ष भीम रावललगायतको उपस्थिति थियो ।

छलफलपछि कार्यादेश सुधार गरेर अगाडि बढ्ने सहमति भएको आयोग सदस्य माधव अधिकारीले बताए ।  आयोगले जनसंख्या, भूगोल र पहुँचलाई आधार मानेको थियो । अब त्यसमा इलाकासमेत थप्ने उनले बताए ।

]]>