देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टीकापुर घटनाका दोषीलाई उन्मुक्ति नदिन भुपु प्रहरी संगठनको माग

देशान्तर

बैतडी । छुट्टै थरुहट स्वायत्त प्रदेश माग गर्दै गरिएको आन्दोलनका क्रममा गत वर्ष भदौ ७ गते कैलालीको टीकापुर घटनाका दोषीलाई उन्मुक्ति नदिन भूपू प्रहरी सङ्गठनले सरकारसँग आग्रह गरेको छ ।

एकसट्ठीऔँ प्रहरी दिवसका अवसरमा जिल्ला सदरमुकाम पुगेका भूपू प्रहरी सङ्गठनका पदाधिकारीले नरसंहारका आरोपितलाई उन्मुक्ति दिए आफूहरुलाई सह्य नहुने बताए । “कर्तव्य पालनाका सिलसिलामा निर्मम हत्या गरिएका आठ जना प्रहरी र एक बालकका हत्यारालाई उन्मुक्ति नदिन सरकारसँग आग्रह गर्दछौँ”–सङ्गठनका जिल्ला अध्यक्ष रणबहादुर विष्टले भने ।

दोषीलाई सरकारले उन्मुक्ति दिए कर्तव्यपालनाका सिलसिलामा निर्मम हत्या गरिएका प्रहरीका परिवार न्यायबाट वञ्चित हुने भएकाले दोषीलाई उन्मुक्ति दिने कार्य कुनै हालतमा स्वीकार्य नहुने उनको भनाइ छ ।

टीकापुर हत्याकाण्डमा बैतडी, रौलेश्वर गाविस–९ का ४९ वर्षीय प्रहरी निरीक्षक बलराम विष्ट र हटैराज गाविस–१ का प्रहरी हवल्दार ९मृत्युपर्यन्त बढुवा० लोकेन्द्रबहादुर चन्द मारिएका थिए । कार्यक्रममा बैतडीका सबै राजनीतिक दलले टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिन नहुनेमा जोड दिएका थिए ।

]]>