देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्रक त्रिशूलीमा खस्दा एकजनाको मृत्यु

देशान्तर

चितवन । मुग्लिन—नारायणगढ सडकखण्डअन्तर्गत चण्डीभञ्ज्याङ–६ चारकिलो भन्ने स्थानमा ट्रक त्रिशूलीमा खस्दा एकको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । 

गएराति १ बजेको समयमा ना ४ ख ८५५२ नंको ट्रक आफैं अनियन्त्रित भई सडकबाट ८० मिटर तल त्रिशूली नदीमा खस्दा ट्रकका चालक कविलास–२ बस्ने २५ वर्षीय विकास गुरुङको मृत्यु भएको छ भने चालकका सहयोगी कविला–९ बस्ने २६ वर्षीय चाल्र्स गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइते गुरुङको चितवन मेडिकल कलेज उपचार भइरहेकोे छ ।

]]>