देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संशोधनमा ढिलाइले कार्यान्वयनमा जटिलता– महामन्त्री कोइराला

देशान्तर

कावासोती । नेपाली काँगे्रसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान संशोधनको विषयमा दलबीच गतिरोध बढ्दै जाँदा संविधानको औचित्यमाथि नै प्रश्न उठ्ने बताएका छन् । 

सिकिस्त बिरामी परेपछि उपचार गराई सार्वजनिक सभामा सहभागी हुन विहिबार आफ्नो निर्वाचन क्षेत्र नवलपरासीको गैँडाकोट आएका कोइरालाले दलबीच गतिरोध बढ्नु देशकै लागि घातक हुने बताए । 

नेपाल पत्रकार महासङ्घ नवलपरासी शाखाका पूर्वअध्यक्ष एवम् काँग्रेस जिल्ला सदस्य होमराज रानाभाटकी आमा ज्योतिमाया रानाभाटको १३औँ दिनको पुण्यतिथिको दिन बिहीबार गैँडाकोटमा भएको श्रद्धाञ्जलिसभामा आएका कोइरालाले पत्रकारसँगको भेटघाटमा यस्तो कुरा बताए ।

तीनवटा निर्वाचन गर्नु निकै चुनौती रहेको, तर गर्छौं भन्ने दृढ शक्ति दलमा पैदा हुन सके सम्भव रहेको समेत उनले बताए । “संविधान संशोधनबारे दलबीच सहमति हुन नसके देश ठूलो खाडलमा फस्न सक्छ, तर त्यो अवस्था आउन नदिन सबै मिल्नुको विकल्प छैन”, उनले भने । 

नवलपरासीको प्रदेश सीमा हेरफेरको हल्ला चले पनि नवलपुरबासीको ४ नम्बर प्रदेशमा नै बस्ने चाहना पूरा हुने डा कोइरालाले बताए । नवलपुरका जनताको भावनासँग खेलबाड गर्ने अधिकार कसैलाई नभएको उनले बताए । 

]]>