देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दसैँबिदापछि सरकारी कार्यालय सुचारु

देशान्तर

काठमाडौँ । दसैँको बिदाका कारण बन्द भएका सरकारी कार्यालय आजदेखि सुचारु भएका छन् ।  दसैँ बिदापछि सरकारी तथा निजी कार्यालय खुले पनि शुक्रबार भएकाले कर्मचारीको उपस्थिति न्यून देखिन्छ ।  मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र पनि कर्मचारीको उपस्थिति न्यून छ । दसैँ बिदापछि पहिलो दिन भएकाले पनि कर्मचारीको चहलपहल कम भएको गृहमन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले राससलाई जानकारी दिए । उनकाअनुसार भोलि शनिबार दसैँको पूर्णिमा र सार्वजनिक बिदा परेकाले टाढा रहेका कर्मचारी तथा सेवाग्राही पनि फर्कने क्रममा रहेकाले सामान्य बन्न अझै एक दुई दिन लाग्नेछ । 

दसैँमा छ दिन बन्द रहेका सरकारी कार्यालय खुलेपछि कामकाजी सर्वसाधारणले केही राहत महसुस गरेका छन् । दसैँमा सुनसान बनेको उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ, टीकाको दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्रु विभिन्न गन्तव्यबाट उपत्यका भित्रिरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । 

उपत्यकामा सबैखाले सवारीसाधन बाक्लो रुपमा चलेका छन्, सर्वसाधारणको आवतजावत बाक्लो छ भने सडक, चोक गल्लीका पसल खुलेका छन् । उपत्यकाको सवारी आवागमन सामान्य रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

]]>