देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल थाइल्याण्डसँग एक विकेटले पराजित, आईसीसीको ग्लोबल छनोटमा पुग्ने सम्भावना टर्यो

देशान्तर

काठमाडौँ  । हङकङमा जारी आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गतको एसियाली छनोटमा शुक्रबार नेपाल थाईल्याण्डसँग पराजित भएको छ । छनोट अन्तर्गतको पाँचौ खेलमा नेपाल थाइल्याण्डसँग एक विकेटले पराजित भएको हो । वोङनाईस्थित हङकङ क्रिकेट क्लबको मैदानमा नेपालले दिएको १ सय ९ रनको लक्ष्य थइल्याण्डले १८ ओभर ४ बलमा ९ विकेट गुमाएर पुरा ग¥यो ।

थाइल्याण्डकी चानिदा सुथिरुआङले २७ तथा नाताकान चान्तमले २३ रन बनाइन् । नेपालकी करुणा भण्डारीले चार तथा कप्तान रुबिना क्षेत्री र सीता राना मगरले समान दुई दुई विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८ रन जोडेको थियो ।

नेपालकी नेरी थापाले अविजित ३२ रन जोडिन । त्यस्तै इन्दु वर्माले २६, निर्मला कुमारी शाहीले २०, ज्योती पाण्डेले १३ रन बनाइन् । यो हारसंगै नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको छ । यता थाइल्याण्डको भने ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनेको छ ।

पाच खेलबाट ४ खेल जितेको थाइल्याण्ड ८ अंकसहित शीर्ष स्थानमा कामय छ । मात्र ४ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । नेपालले अब शनिबार चीनसँग खेल्ने छ । टि–ट्वान्टी फर्म्याटमा हुने नेपाल सम्मिलित एसियाली छनोटमा आयोजक हङकङ, चीन र थाइल्याण्ड डबलराउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्दै छन् । एसियाली छनोटको शीर्ष स्थानमा रहने एक टोलीले २०१७ मा हुने ग्लोबल छनोटमा भाग लिनेछ ।

]]>