देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज कोजाग्रत पूर्णिमा : महालक्ष्मीको पूजा आराधना

देशान्तर

काठमाडौँ । आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।

आजको दिन राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

आज अपराह्न १२ः२२ मिनेटसम्म ९१५ घडी ४४ पला० चतुर्दशी र त्यसपछि पूर्णिमा तिथि लाग्छ । मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आज भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । कोजाग्रत पूर्णिमाका लागि उदय नभई मध्यरात्रि व्यापिनी लिइने भएकाले शनिबार नै महालक्ष्मीको पूजा आराधना गर्नुपर्ने समितिले जनाएको छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व रहेको छ ।

आज अपराह्न १२ः२२ मिनेटदेखि आइतबार बिहान १० बजेर १५ मिनेटसम्म पूर्णिमा तिथि भएकाले आकाशदीप दान र कात्तिकस्नान भने असोज ३० गतेदेखि सुरु हुन्छ । पूर्णिमा व्रत, आकाशदीप दान र कात्तिक स्नान पूर्णिमा तिथिमा सूर्योदय भएका दिन गर्नुपर्ने शास्त्रीय विधान भएकाले असोज ३० गते यी पर्व मनाउनुपर्ने अध्यक्ष गौतमले बताए ।

असोज ३० गतेदेखि बाँस, बाँस नपाएमा पलाँस, खयर, पीपल आदिको लिङ्गो ठड्याई आकाशदीप दान सुरु गरिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म घर घरमा विशेष रुपमा गरिने तुलसी पूजा पनि असोज ३० देखि नै सुरु हुने भएको छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दान गरिन्छ ।

]]>