देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस सांसद यादवको डेराबाट चोरी

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवको डेराबाट नगद, सुन र अन्य मालसामान चोरी भएको छ । काठमाडौँ महानगरपालिका– ३५ शान्तिनगरमा डेरा गरी बस्दै आउनुभएका यादवको कोठाबाट शुक्रबार रु ८० हजार, डेढ–डेढ तोलाका दुई थान सुनका सिक्री तथा एक( एक थान ल्यापटप र क्यामेरा चोरी भएको हो । 

सांसद यादवका अनुसार कागेश्वर मन्दिर नजिक रहेको घरको मूलगेट फोडी कोठाको दराज फुटाएर भित्रका सरसामान चोरी भएको छ ।

नी घरको पहिलो तलामा बस्दै आएका छन्। सांसद यादवको स–परिवार दसैँ मनाउन जनकपुर गएको थियो । फर्कंदा कोठाहरु ह्वाङ्ग थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

]]>