देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाठ्यपुस्तक छपाइको निर्णयमा ढिलाई

देशान्तर

काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालय तहका पाठ्यपुस्तक छपाइसम्बन्धी निर्णय गर्न ढिलाई गरेको छ । आउँदो शैक्षिक सत्रदेखि आधारभुत तहको तल्लो तहमा रंगीन पाठ्यपुस्तक छपाउन सरकारले बजेट बिनियोजन गरेको छ ।

तर ,कति कक्षासम्म र मुलुकभरका विद्यार्थीलाई उपलब्ध गराउने कि पाइलट प्रोजेक्टका रुपमा निश्चित जिल्लामा पुर्याउने भन्ने निर्णय हुन सकेको छैन । रंगीन पुस्तक कसले छाप्ने भन्ने पनि निक्र्योल हुन सकेको छैन ।

हरेक शिक्षामन्त्रीले शैक्षिक सत्रको सुरुवातमै पाठ्यपुस्तक पुर्याउने प्रतिबद्धता जनाउने गर्छन् । तर मातहतको कार्यालयले निर्णयका लागि पेस गरेको फाइलको निर्णय तिनै मन्त्रीले बेलैमा नगरिदिँदा कतिपए विद्यार्थीले शैक्षिक सत्रको अन्त्यसम्म पनि पुस्तक पाँउदैनन् । आजको कान्तिपुरमा समाचार छ ।  

]]>