देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धादिङमा ७६ हजार ४ सय ७९ मेट्रिक टन तरकारी उत्पादन

देशान्तर

काठमाडौं । परम्परागत कृषि प्रणालीमा सुधार गरी धादिङका किसान यतिबेला तरकारी खेतीमा व्यावसायिक बन्न थालेका छन् । राजधानीसँग जोड्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपतसँग सिमाना जोडिएका र आसपासका गाविसका किसानहरु बह्रमासे तरकारी खेतीमा लागेका छन् ।

केही बर्ष अघिसम्म तेलमसलाका लागि मात्रै तरकारी बेचन किसानहरु अहिले छोराछोरीलाई राम्रो शिक्षा दिन भन्दै लाखौंको तरकारी बेच्ने भइसकेका छन् ।

जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार ६ हजार २२ हेक्टर (१२ हजार ४ सय ४०रोपनी) क्षेत्रफलमा तरकारी खेती गरिएको छ । जिल्लाभर ७६ हजार ४ सय ७९ मेट्रिक टन तरकारी उत्पादन हुन्छ ।

जिल्लाको छत्रेदेउराली,जीवनपुर,नौबिसे,थाक्रे,तर्सपु,केवलपुर,गोगनपानी,र भुमेस्थान गाविस व्यवसायीक तरकारी पकेट क्षेत्र हुन ।  कारोवार दैनिकमा समाचार छ । 

]]>