काठमाडौं । परम्परागत कृषि प्रणालीमा सुधार गरी धादिङका किसान यतिबेला तरकारी खेतीमा व्यावसायिक बन्न थालेका छन् । राजधानीसँग जोड्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपतसँग सिमाना जोडिएका र आसपासका गाविसका किसानहरु बह्रमासे तरकारी खेतीमा लागेका छन् ।
केही बर्ष अघिसम्म तेलमसलाका लागि मात्रै तरकारी बेचन किसानहरु अहिले छोराछोरीलाई राम्रो शिक्षा दिन भन्दै लाखौंको तरकारी बेच्ने भइसकेका छन् ।
जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार ६ हजार २२ हेक्टर (१२ हजार ४ सय ४०रोपनी) क्षेत्रफलमा तरकारी खेती गरिएको छ । जिल्लाभर ७६ हजार ४ सय ७९ मेट्रिक टन तरकारी उत्पादन हुन्छ ।
जिल्लाको छत्रेदेउराली,जीवनपुर,नौबिसे,थाक्रे,तर्सपु,केवलपुर,गोगनपानी,र भुमेस्थान गाविस व्यवसायीक तरकारी पकेट क्षेत्र हुन । कारोवार दैनिकमा समाचार छ ।
]]>
प्रतिक्रिया