देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भोजपुर–काठमाडौँ सिधा यातायात सेवा सुरु

देशान्तर

भोजपुर । भोजपुरदेखि काठमाडौँसम्म सिधा यातायात सेवा सुचारु भएको छ । 

चुम्लुङ्मा यातायात प्रालिले आजदेखि भोजपुरदेखि धरान हुँदै काठमाडौँसम्म सिधा माइक्रोबस सञ्चालनमा ल्याएको हो । 

चुम्लुङ्माले १८ सिट क्षमताका छवटा माइक्रोबस भोजपुर झिकाइसकेको भएपनि सडक सहज नहुँदा दिनमा दुईवटा मात्र बस सञ्चालन गरिने भएको छ । भोजपुरदेखि काठमाडौँ सिधा यातायातको भाडादर रु दुई हजार ५०० निर्धारण गरिएको चुम्लुङ्मा यातायात प्रालिका सञ्जीव केशीले जानकारी दिए । 

भोजपुरदेखि सिधै काठमाडौं सञ्चालन हुने माइक्रोबसमा फ्रि वाइफाइ, एसी, एलइडी कोचलगायतको सुविधा रहेको जनाइएको छ । भोजपुरदेखि काठमाडौँ सिधा यातायात सञ्चालनमा आएपछि भोजपुरका स्थानीयवासी हर्षित भएका छन् । 

यसअघि, देशको राजधानी काठमाडौँ जान भोजपुरदेखि धरान हुँदै गाडी फेरेर झन्डै तीन दिन लगाएर जानुपर्ने बाध्यता रहेको थियो । 

]]>