देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चिकित्सा परिषद् विधेयक समितिमा पठाउन स्वीकृत

देशान्तर

काठमाडौं । व्यवस्थापिका–संसद्को आजको बैठकले भूमिगत जलस्रोत विधेयक, २०७२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । 

सिँचाइमन्त्रीका तर्फबाट परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले सदनको आजको बैठकमा सो प्रस्ताव प्रस्तुत गरेका थिए । 

यसैगरी बैठकमा परराष्ट्रमन्त्री डा महतले जीवाणुजन्य (जैविक) तथा विषाक्त हतियारको विकास, उत्पादन र भण्डारणमा प्रतिबन्ध लगाउने तथा तिनलाई नष्ट गर्नेसम्बन्धी महासन्धि प्रस्तुत गर्दा समितिमा पठाउनका लागि स्वीकृत भयो । सो महासन्धिलाई विश्वका १७५ देशले अनुमोदन गरिसकेका छन् । 

बैठकले चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक २०७२ लाई पनि समितिमा पठाउन सर्वसम्मतिले स्वीकृत गर्यो । प्रधानमन्त्रीका तर्फबाट न्याय, कानुन तथा संसदीय व्यवस्थामन्त्री अजयशङ्कर नायकले सो विधेयक प्रस्तुत गरेका थिए । 

विधेयकको सैद्धान्तिक पक्षमाथि डा सुबोध पोखरेल, रामनारायण बिंडारी र प्रेम सुवालले भाग लिएको थियो । व्यवस्थापिका–संसद्को अर्को बैठक यही कात्तिक ३ गते अपराह्न ३ बजे बस्नेछ । 

]]>