देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोकमानलाई महाअभियो लगाउन सांसदहरुको माग

देशान्तर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले अदालतको आदेशको अवहेलना गरेको आधारमा उनलाई महाअभियोग लगाउन सकिने सांसदहरूले बताएका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले लोकमानलाई अवहेलना प्रकरणलाई लिएर महाअभियोग लगाउन सकिने बताए ।

बिडारी कानुन व्यवसायी समेत हुन् । कार्की संवैधानिक निकायको प्रमुख व्यक्ति भएकोले आफ्नो पदीय हैसियतको समेत ख्याल राख्नुपर्ने बिडारीको भनाइ छ । अदालतले म्याद तामेली गर्दा त्यसलाई सरकारले सहयोग गर्नुपर्नेमा हुलहुज्जत हुनु सरकारकै कमजोरी भएको बिडारीको आरोप छ । 

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अख्तियार प्रमुख कार्कीले सर्वोच्चमा जवाफ नदिएको बारेमा प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने बताए । ‘सर्वोच्चले बोलाएको बेलामा प्रधानमन्त्री भइसकेका व्यक्तिहरू गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल समेत गइसकेको भन्दै उनीहरूभन्दा पनि ठूलो व्यक्ति को हो? जो सर्वोच्चले बोलाउँदा जादैन,’ उनले भने ।

नेकपा एमालेकी सांसद सीता गिरी ओलीले लोकमानले कानुनी राज्यको मर्यादालाई नमानेको बताइन् । आन्तरिक रुपमा शक्ति प्रदर्शन गरी अराजकता सिर्जना गरेर अदालतलाई नै कमजोर पार्ने काम लोकमानले गरिरहेको उनको आरोप छ । 

 

]]>