देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कक्षा दशको परीक्षा पनिकाले नै लिने

देशान्तर

काठमाडौं । कक्षा दशको अन्त्यमा लिइने परीक्षा यस वर्ष परीक्षा नियन्त्रण कार्यालयले नै सञ्चालन  गर्ने भएको छ । पनिकाले परिक्षा सञ्चालका लागि आवश्यक तयारी सुरु गरेको छ ।  शिक्षा ऐन संशोधनसँगै गठन भएको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको क्षेत्रीय कार्यालयले यस्तो परीक्षा लिने बताइएको थियो ।  

तर, बोर्डको केन्द्रीय संरचनाले नै पूर्णता पाउन नपाएको तथा क्षेत्रीय कार्यालय स्थापना हुन नसकेकाले यस वर्षका लागि कक्षा दशको परीक्षासम्बन्धी सम्पूर्ण जिम्मेवारी पनिकालाई दिइएको छ । 

पनिकाले परीक्षा सञ्चालका लागि आवश्यक तयारी सुरु गरिसकेको छ । परीक्षाका लागि आवेदन फारम र कक्षा नौमा २०७४ को परीक्षाका लागि रजिष्ट्रेसन फारम भरिसकेको छ । समाचार आजको अन्नपूर्णमा छ ।

]]>