देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पार्टी चलाउन सभापति देउवालाई सकस

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन सम्पन्न भएको दुई महिनामा पार्टीका सवै निकायलाई पुर्णता दिनुपर्ने  हो । त्यो अझै हुन सकेको छैन् । त्यसैगरि पार्टीका तर्फबाट बर्तमान सरकारमा राज्यमन्त्री पठाउने भनेको झण्डै एक महिना हुन लाग्यो त्यो पनि सभापतिले पठाउन सकेका छैनन् । त्यसै गरि संविधान कार्यान्वयन लगायतका बिषयमा पार्टीको आधिकारिक धारण बनाउने बिषयमा खासै सभापतिले चासो दिएका छैनन् । सभापति निर्वाचन भएको दुई महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिनुपर्ने व्यवस्था कांग्रेस विधानमा छ ।

तर, सभापति शेरबहादुर देउवाले निर्वाचित भएको सात महिनासम्म पनि पार्टीका विभिन्न निकायलाई पूर्णता दिन सकेका छैनन् । आन्तरिक समीकरण मिलाउन समस्या परेपछि उपसभापति, महामन्त्री मनोनयन गर्नसमेत देउवालाई सकस परेका छन् ।

तीनपटक गरेर ११ केन्द्रीय सदस्य मनोनित गरे पनि अझै १० केन्द्रीय सदस्य मनोनित गर्न बाँकी छ । दुई महनाभित्रै गठन गर्नुपर्ने १० विभाग, केन्द्रीय कार्यसम्पादन समितिजस्ता पार्टीका प्रमुख संयन्त्रलाई पनि पूर्णता दिन देउवाले सकेका छैनन् । पार्टी प्रवक्ता चयन गर्न पनि उनले ढिलाई गरेका छन् । आजको नयाँ पत्रिकामा समाचार छ ।

]]>