देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस पदाधिकारी मनोनयन तरुण दलको अधिवेशनपछि

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीको उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मनोनयन कात्तिक अन्तिमा हुने तरुण दलको महाधिवेशन पछि गर्ने भएका छन् । तिहारलगत्तै सभापति देउवाको विदेश भ्रमण हुने र त्यही समय तरुण दलको अधिवेशन भएकाले मंसिर पहिलो साता मात्रै पदाधिकारी मनोनयन हुने स्रोतको दाबी छ ।

देउवा निकट स्रोतका अनुसार उपसभापतिमा गोपालमान श्रेष्ठ मुख्य दावेदार हुन् । त्यस्तै नेता खुमबहादुर खड्का र उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले पनि उपसभापतिमा आकांक्षा राखेका छन् ।

त्यसैगरी महामन्त्रीमा भने २०३८ सालाका नेविसंघका अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्कीलाई बनाउने निश्चित जस्तै छ । सहमहामन्त्रीमा भने कसलाई बनाउने टुंगो लागेको छैन । सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, महेश आचार्य, आनन्दप्रसाद ढुंगानालगायतले दाबी गरेका छन् ।

देउवाले पदाधिकारीसँगै पार्टीको केन्द्रीय विभागको पनि गठन गर्ने तयारी गरेका छन् । कांग्रेस विधानमा ४० वटा विभागको व्यवस्था छ । विभाग गठनका लागि देउवाले केन्द्रीय सदस्यसँग आफूलाई इच्छा भएको विभागका प्राथमिकता तोकेर चारवटा विभागको नाम मागेका छन् । सोहीअनुसार सदस्यको क्षमता र अनुभवका आधारमा विभागको प्रमुख बनाउने तयारीमा देउवा छन् ।

कांग्रेसले समसामयिक राजनीतिक अवस्था, सविधान संशोधनलगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ । बिहीबार पार्टी केन्द्र कार्यालय सानेपामा डाकिएको बैठकमा संविधान संशोधनमा लागि नागरिकता, भाषा, राष्ट्रिय सभाको गठन र प्रदेश सिमांकन र स्थानीय निकायको पुर्नसंरचनाका विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसले स्थानीय नियकाको संरचना यसअघिका इलाकालाई नै गाउँपालिका बनाउनुपर्ने धारणा अघि सार्दै आएको छ । चैत मसान्तसम्म स्थानीय निकायको चुनाव गर्नेपर्ने भएकाले पनि कांग्रेसले स्थानीय तहको विषयमा औपचारिक धारणा बनाउन लागेको आजको अन्नपूर्ण पोष्ट दैनिकले समाचार प्रकाशित गरेको छ ।

]]>