देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भवानीलाई रोक्ने भाष्करको षड्यन्त्र विफल

देशान्तर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा भाष्करराज राजकर्णिकारको चलखेलको शृंखला अन्त्य भएको छ । व्यवसाय कम राजनीति ज्यादा गर्न बानी परेका भाष्करले नेपाल उद्योग वाणिज्य महासंघलाई जालझेल, षड्यन्त्र र राजनीतिको थलो बनाउँदै आएका थिए । सुरुमा आफू वरिष्ठ उपाध्यक्ष हुँदा अध्यक्ष सुरज वैद्यलाई उकासेर महासंघमा हालिमुहाली गरेका भाष्कर अध्यक्षमा प्रदीपजंग पाण्डेसँग पराजित हुन पुगे । आफू अध्यक्ष बन्न नपाएको झोकमा उनले पाण्डेमाथि नै विभिन्न षड्यन्त्रको तानाबाना बुनिरहे । अन्तत: पाण्डे महासंघबाट समय पूरा नगरिकनै बाहिरिनु पर्‍यो । 

यसै मेसोमा फेरि अध्यक्ष हुने दाउमा रहेका भाष्करलाई त्यतिबेला विक्षिप्त बने जतिबेला महासंघको कार्यकारिणी समितिले विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वत: अर्को कार्यकालमा अध्यक्ष बन्ने प्रस्ताव अघि सार्‍यो । यस्तो प्रस्तावले आफ्नो बाटो छेक्ने देखेर उनले विधान संशोधन हुन नदिन विभिन्न चलखेल गरे । तर केही सीप लागेन । अन्तत: उनी महासंघको विधान संशोधन गर्ने विशेष साधारणसभा रोक्नको निम्ति अदालतको ढोका ढक्ढ्क्याउन पुगे । विशेष साधारणसभाले विधान संशोधन गर्न नपाउने जिकिर गर्दै भाष्करले नेपाल जडीबुटी उद्योग संघका अध्यक्ष गोविन्दराज घिमिरेलेलाई लिएर पाटन उच्च अदालतमा रिट दायर गरे । तर अदालतका मुख्यन्यायाधीश टंक मोक्तान र न्यायाधीश डिल्लीराज आचार्यको इजलासले अन्तरिम आदेश दिनु नपर्ने निर्णय सुनाएपछि उनको सबै योजना विफल बन्यो । रिटमाथि दुवै पक्ष राखेर भएको सुनुवाइमा अदालतले अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेसँगै विशेष साधारणसभा रोकिएन । 

बिहीबार बसेको विशेष साधारणसभाले अध्यक्षको निर्वाचन नगरी वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने सहितको विधान संशोधन गरेको छ । महासंघको बिहीबार आयोजित विशेष साधारणसभाले निर्वाचित वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने सहितको विधान संशोधन सर्वसम्मतले पारित गरेको अध्यक्ष पशुपति मुरारकाले बताए । विधानको यो संशोधनसँगै अब उप्रान्त अध्यक्षको निर्वाचन नहुने र मुलुकभरका प्रतिनिधिबाट निर्वाचित वरिष्ठ उपाध्यक्ष नै एक कार्यकालपछि स्वत: अध्यक्ष बन्नेछ ।

यसअघि महासंघमा अध्यक्ष निर्वाचित हुने र वरिष्ठ उपाध्यक्ष केन्द्रीय समितिले चयन गर्ने प्रावधान थियो । यसबाहेक साधारणसभाले संविधानको संघीय संरचनाअनुसार केन्द्रको मातहतमा सातै प्रदेशमा महासंघको इकाइ रहने व्यवस्थासमेत पारित गरेको उनले बताए । विधान संशोधनसँगै हाल वरिष्ठ उपाध्यक्ष रहेकी भवानी राणा आगामी कार्यकालका लागि अध्यक्ष बन्ने निश्चित भएको छ । महासंघको इतिहासमा नौ वर्षपछि विधान संशोधन हुन लागेको हो ।

 

]]>