देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनसेलले कानुनी प्रक्रिया पूरा गरेर लाभांश लगेको राष्ट्र बैंकद्वारा स्पष्ट

देशान्तर

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कानुनी मापदण्ड पूरा गरेर विगत पाँच वर्ष अघिदेखि रोकिएको लाभांश लगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा विद्यमान कानुनी प्रक्रिया पूरा गरी आर्थिक वर्ष २०६८/६९ को रु आठ अर्ब ३६ करोड नगद लाभांश लगेको स्पष्ट गरेको हो ।

राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले भने, “कानुनी सर्त पूरा गरेकाले एनसेललाई हामीले स्वीकृति दिएका हौँ ।” उनले नेपाल दूरसञ्चार प्राधिकरण र उद्योग विभागको सिफारिसका आधारमा राष्ट्र बैंकले लाभांश लैजान अनुमति दिएको स्पष्ट पारे ।

विदेशी लगानीकर्ताले आफ्नो कारोबारबाट आर्जित लाभांशवापतको रकम लैजान अद्यावधिक सेयर लागत, कर चुक्ता प्रमाण, लेखापरीक्षण प्रतिवेदन र लाभांश वितरणबारे कम्पनीको सभाले गरेको निर्णयसहितको कागजात संलग्न गरी निवेदन दिएमा लगानीकर्ताले लैजान लागेको लाभांश बराबरको विदेशी मुद्राका लागि सिफारिस गर्न सकिने कानुनी व्यवस्था छ ।

]]>